काठमाडौं – डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपाल राष्ट्र बैंकको महत्वपूर्ण जिम्मेवारी पाएका छन् । वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना मातहत रहेका महत्वपूर्ण विभागहरुको जिम्मेवारी मिश्रले पाएका हुन् ।
केन्द्रीय बैंकको पछिल्लो निर्णयअनुसार मिश्रले बैंक सुपरिवेक्षेण विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग र जनशक्ति व्यवस्था विभागको जिम्मेवारी पाएका छन् । यससँगै मिश्रको काँधमा केन्द्रीय बैंकको महत्वपूर्ण जिम्मेवारी थपिएको हो ।
यी विभागहरु खोसिएपछि डा. ढुंगानाको मातहतमा लघुवित्त सुपरिवेक्षण विभाग, सम्पत्ति व्यवस्थापन विभाग र बैंक तथा वित्तीय संस्था नियमन विभाग छन् ।
प्रतिक्रिया