काठमाडाैं – अर्थमन्त्री विष्णु पौडेलले पछिल्लो समय ब्याजदर घटेको, तरलता बढेको तर लगानी हुन नसकेकाले उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी गर्न पहल भइरहेको बताएका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अर्थतन्त्रको समस्या समाधानका लागि क्रमशः पहल भैरहेको बताएका हुन् ।
‘समग्र आर्थिक स्थितिमध्ये केहि सूचक राम्रो छ । शेयर बजार लगायतमा गतिशील बनेको छ । तपाइँहरू यसमा सन्तुष्ट हुनुहुन्न । म स्वयम् पनि सन्तुष्टि छैन,’ मन्त्री पौडेलले भने, ‘राजस्व परिचालनको बारेमा गत वर्षको तुलनामा राम्रो सुधार भएको छ । गत वर्ष ३ प्रतिशत रहेकोमा अहिले १७ प्रतिशत पुगेको छ ।’
‘यसैगरी नियामक निकायको प्रभावकारी नियमन गर्ने पहल भएको छ,’ उनले भने, ‘शेयर बजारको प्रश्नमा हाम्रो ध्यान जानुपर्ने विषय लगानीकर्ताको लगानी नडुबोस् भन्ने हो, यसको दिगो व्यवस्थापनमा सरकाले ध्यान दिएको छ ।’






About Us
प्रतिक्रिया