महासंघले गर्यो विधान संशोधन, अन्जान श्रेष्ठपछि अध्यक्षमा प्रत्यक्ष निर्वाचन

महासंघले गर्यो विधान संशोधन, अन्जान श्रेष्ठपछि अध्यक्षमा प्रत्यक्ष निर्वाचन


काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघमा एक दशकपछि पुरानै व्यवस्था फर्किएको छ । एक दशकअघि बनाइएको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था फेरिएको हो । अब यससँगै अन्जान श्रेष्ठ अध्यक्ष बनेपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था खारेज हुनेछ ।

महासंघको मंसिर १५ गते बसेको साधारणसभाले विधान संशोधनको निर्णय गरेसँगै एक दशक अघिको प्रावधान हटेको हो । यसअघि नै वरिष्ठ उपाध्यक्ष भइसकेका श्रेष्ठ अध्यक्ष बनेपछि मात्रै यो व्यवस्था लागु हुने महासंघले बताएको छ ।

यस्तै, अन्जान श्रेष्ठको अध्यक्षको कार्यकाल सकिएपछिदेखि सुरु हुने अध्यक्षको कार्यकाल भने २ वर्षको हुनेछ । सोही कार्यकालका लागि भने अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुनेछ ।