गोरख राणा बने स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको प्रथम नेपाली सीईओ

गोरख राणा बने स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको प्रथम नेपाली सीईओ


काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोरख राणा नियुक्त भएका छन् । यससँगै उनी स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको पहिलो नेपाली प्रमुख कार्यकारी समेत बनेका छन् । नेपालमा यो बैंक स्थापना भएदेखि नै प्रमुख कार्यकारीको भूमिकामा विदेशी थिए ।

यससँगै, राणाले बैंकको लामो इतिहासको पुरानो परम्परासमेत तोडेका छन् । उनी बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतकारुपमा जनवरी २०२२ मा नियुक्त भएका थिए । उनले स्ट्याण्डर्ड चार्टर्ड बैंकमा सन् १९९४ मा करियर सुरु गरेका थिए ।

राणाको प्रमुख कार्यकारीको भूमिका सन् २०२५ को जनवरीदेखि सुरु हुनेछ । चार्टर्ड बैंक नेपालमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये एक मात्र ‘मल्टिनेश्नल’ बैंक हो ।