काठमाडौं – विद्युतीय कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ३ दिन हिरासतमा राख्न अनुमति मिलेको छ । अदालतले उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले उनलाई पक्राउ गरेर अनुसन्धान गरिहेको छ । झापाका मेडिकल व्यवसायी प्रसाईँमाथि व्यवसायीलाई धम्क्याएर चन्दा असुलीको आरोप समेत लागेको छ ।
झापामा व्यवसायीलाई धम्क्याउने व्यक्तीसँग प्रसाईँको सम्बन्ध देखिएपछि थप अनुसन्धानका लागि ३ दिन म्याद थप भएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।
प्रतिक्रिया