स्टक ब्रोकर एसोसिएसनको नयाँ नेतृत्वका लागि ढकाललको नेतृत्वमा ‘प्यानल’ घोषणा

स्टक ब्रोकर एसोसिएसनको नयाँ नेतृत्वका लागि ढकाललको नेतृत्वमा ‘प्यानल’ घोषणा


काठमाडौं – स्टक ब्रोकर एसोसिएसन अफ नेपालमा सागर ढकाल नेतृत्व समूहले उम्मेद्वारी घोषणा गरेको छ । एसोसिएसनको नयाँ कार्यसमितिका लागि ढकालले आफ्नो नेतृत्वमा समूह घोषणा गरेका हुन् ।

आज आयोजित एक कार्यक्रममा ढकालले आफ्नो नेतृत्वमा प्यानल नै घोषणा गरे । ढकालको अध्यक्षतामा रहने समूहको उपाध्यक्षमा नितेशकुमार अग्रवाल र महासचिवमा भक्तिराम घिमिरे छन् । यस्तै, सचिवमा कृष्ण गिरी कोषाध्यक्षमा मदन पौडेल छन् भने छन् । यस्तै, सदस्यमा जयन्त श्रीवास्तव, अतितलाल श्रेष्ठ, हरिप्रसाद वाग्लेले समेत उम्मेद्वारी घोषणा गरेका हुन् ।

अध्यक्षमा समूहसहितको उम्मेद्वारी घोषणा गर्दै ढकालले २३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले पूँजी बजारमा मार्जिन ट्रेडिङ, इन्ट्र डे र सर्ट सेलिङ, इक्विटी डेरिभेटिभ लगायत विकासका लागि पहल गर्ने उद्घोष गरेका छन् ।

यस्तै, लगानी व्यवस्थापना, एड्भाइजरी सेवा, मार्जिन ल्याण्डिङ, प्रत्याभूत सेवा लगायत क्षेत्रमा काम गर्ने प्रतिबद्धता समेत उनले गरेका छन् । यसैगरी, नेपाल स्टक एक्सचेञ्ज समक्ष धितोपत्र दलाल व्यवसायी कम्पनीले बैंक ग्यारेन्टी राखेर सोको २५ गुणासम्म कारोबार सिमा प्राप्त गरेकोमा यसलाई ५० गुणासम्म पुर्याउन पहल गर्ने समेत उद्घोष गरेका छन् ।