काठमाडौं – सेवाग्राहीको ग्राहक पहिचान फाराम (केवाइसी) रूजु गर्ने वालेटकै तीन जना कर्मचारी पक्राउ परेका छन् । वालेटको केवाइसी रूजु गर्न ग्राहकले अपलोड गरेका फोटो, नागरिकतालगायत विवरण डाउनलोड गरी आपराधिक गिरोहसँग कमिसन लिई अन्य व्यक्तिहरूको नाममा ५५ वटा खाता सञ्चालन गरेर आर्थिक कारोबारमा संलग्न भएको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।
सो अभियोगमा धादिङको ज्वालामुखी गाउँपालिका–५ का २० वर्षीय साहिल श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका–४ का २२ वर्षीय सविनकुमार कुमाल र रामेछापको उमाकुण्ड गाउँपालिका–२ का २२ वर्षीय सुरेन्द्र बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि आपराधिक विश्वासघात गर्न नहुने कसूरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
प्रतिक्रिया