गुनासो बढेपछि अस्वाभाविक अन्तर्राष्ट्रिय हवाई भाडा अध्ययन गर्न कार्यदल गठन

गुनासो बढेपछि अस्वाभाविक अन्तर्राष्ट्रिय हवाई भाडा अध्ययन गर्न कार्यदल गठन


काठमाडौं – अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा अस्वाभाविक मूल्य तिर्नुपरेको व्यापक गुनासो बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ । मन्त्रालयले सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा एक कार्यदल गठन गरेको हो ।

मन्त्रालयले सूचना जारी गर्दै उच्च दरको हवाई टिकट खरिद–बिक्री गरेको विषयमा कुनै गुनासो भए हवाई टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, बिलभौचर लगायत अन्य प्रमाणसहित [email protected] आग्रह गरेको छ ।

मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ,’ हाल विभिन्न सोसल मिडियाहरूमा अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा अस्वाभाविक भाडा तिर्नुपरेको र यात्रुहरू मारमा परेको भन्ने समाचार तथा गुनासोहरू सुनिएकोमा सो सम्बन्धमा एक अध्ययन कार्यदल गठन भएको छ ।’

गत कार्तिक २३ गतेदेखि स्तरोन्नतिका लागि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै आएको छ । त्यस तत्पश्चात् यात्रुहरूले भाडादरमा अस्वाभाविक मूल्य तिर्नुपरेको यात्रुहरूले गुनासो गरेका छन् ।