काठमाडौं – अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्ड अध्यक्षका यस अघिका गयल तीन उम्मेदवारसँग आज अन्तरवार्ता सुरु गरेको छ । यसअघि अर्थ मन्त्रालयले कात्तिक २९ गते एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन दिएकामध्ये तीन जनालाई आज (मंसिर ९) का लागि व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको थियो । सोहीबमोजिम यसअघि पटक-पटक अन्तरवार्तामा गयलहरूलाई पुनः अन्तरवार्तामा बोलाइएको हो ।
सुरुमा ‘म्याच फिक्सिङ’ भएको भन्दै तीनै जनाले अन्तरवार्ता बहिस्कार गरेका थिए । यसपछि यही असोज १८ गते बोलाइएको अन्तर्वार्ता समेत स्थगित भएको थियो । ५ जनाको सर्टलिस्टमा परेर पनि अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुति हुन नसकेपछि तीन उम्मेदवार कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीसँग आज अन्तरवार्ता भइरहेको अर्थमन्त्रालयले जानकारी दिएको छ ।
धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्नुपर्ने भएकाले बोर्डको अध्यक्ष पद हत्याउन विभिन्न शक्ति केन्द्र लागिरहेका छन् । बोर्डको अध्यक्षमा आफू निकटको व्यक्ती ल्याउन पाएमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स पाउन सहज हुने उनीहरूको अपेक्षा छ ।
प्रतिक्रिया