काठमाडौं – नेपाल धितोपत्र बोर्डले गैह्रआवासीय नेपालीहरुको लगानी भित्र्याउने लक्ष्यसहित ‘धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका’ संशोधन गरेको छ । विश्वभर छरिएर रहेका नेपालीहरुको लगानी भित्र्याउने र लगानीमा सहजीकरण गर्ने लक्ष्यसहित धितोपत्र बोर्डले निर्देशिका संशोधन गर्दै नीतिगत व्यवस्था गरेको हो ।
यससँगै इन्भेष्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्न चाहने गैह्रआवासीय नेपालीका लागि सहज ढोका खुल्नेछ । यो निर्देशिका संशोधनसँगै अब नेपालमा गैह्रआवासीयहरुको लगानीमा स्थापित कम्पनीको शेयर गैह्रआवासीय नेपालीका लागि नै बिक्री खुल्नेछ ।
संशोधित निर्देशिका अनुसार गैह्रआवासीय नेपालीको लगानीमा खुल्ने कम्पनीको बढीमा ४९ प्रतिशत र घटिमा १० प्रतिशत शेयर स्वामित्व नघट्ने गरी गैह्रआवासीय नेपालीकै लागि शेयर बिक्री खुलाउन पाउनेछन् ।
प्रतिक्रिया