बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारमा पछिल्लो अवस्थाबारे आफूहरु चिन्तित रहेको बताएका छन्।
आज धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन्। ‘मौद्रिक नीति गरिएको नीतिगत व्यवस्थाप्रतिको गुनासो सम्बोधन गरी पुँजीबजारको विकासका लागि समन्वय गर्नेछौँ’, उनले भने, ‘बजार पछिल्लो अवस्था र मौद्रिक नीतिमा गरिएको व्यवस्थाबारे धेरै गुनासो सुनिएका छन्, तिनलाई सम्बोधन गर्न नियामक निकायबीच समन्वय आवश्यक छ।’
अर्थमन्त्री शर्माले पुँजीबजारमा देखिएका समस्या समाधान सुझाव चार सदस्यीय सुझाव समिति गठन गरिएको घोषणा पनि गरेका छन्। समितिमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्डका पदाधिकारी सदस्य रहने उनले जानकारी दिए।
समितिले पुँजीबजारमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायले गर्नुपर्ने काम गर्ने गरी समिति गठन गरिएको शर्माले बताए।



About Us
प्रतिक्रिया