काठमाडौं – जीवनमा समय, अनुभव र परिस्थिति अनुसार हाम्रो सोच, प्राथमिकता र सपनाहरू पनि बदलिन्छन् । विगतका सपना आजको वास्तविकता नहुन पनि सक्छ । साथै, आजको सपनाले भावी दिनमा अर्कै रुप लिन पनि सक्छ । शान्ति कार्कीको अनुभवले यस्तै बताउँछ । शान्ति बीमा क्षेत्रमा आधा दशकभन्दा लामो समयदेखि आबद्ध छिन् । अहिले उनी नेपाल लाईफ इन्स्योरेन्सको चौतारा शाखाको एजेन्सी म्यानेजरकोरूपमा कार्यरत छिन् ।
सुरुमा कार्की विदेश जाने सोचसहित तयारी गर्नेहरूको सूचीमा पर्थिन । सोही क्रममा एकदिन कुनै कामले दिदिको घर जाँदा दिदीको छोरीले नेपाल लाईफ इन्स्योरेन्समा काम गरिरहेको थाहा पाइन् । उनलाई पनि बीमा क्षेत्रमा काम गर्न इच्छा लाग्यो र उनले सबै कुरा बुझेर नेपाल लाईफमा अभिकर्ताको रूपमा काम गर्न सुरुवात गरिन् । ‘म इन्स्योरेन्स क्षेत्रमा लगभग ६ वर्षभन्दा बढी समयदेखि छु,’ उनले भनिन्, ‘तर, सक्रिय रूपमा लागेको वर्ष दिन नाघिसक्यो ।’
यस क्षेत्रमा काम गर्दा आर्थिक रूपमा मात्र नभई सामाजिक रूपमा पनि धेरै फाइदा पाएको उनी बताउँछिन् । उनी भन्छिन् ‘विभिन्न व्यक्तिहरूसँग जोडिन पाएकी छु । जसले मेरो नेतृत्व क्षमता र व्यवसायिक सीपलाई अझ बलियो बनाएको छ ।’ बीमा व्यवसायमा अभिकर्ताको भूमिका महत्त्वपूर्ण रहन्छ । नेपालमा बीमा क्षेत्रको महत्त्व कम्पनीहरूको व्यवसाय विस्तारमा सहयोग पुर्याउने पहिलो पक्ष भने कै अभिकर्ता हुन् ।
यस क्षेत्रमा काम गर्दा आर्थिक रूपमा मात्र नभई सामाजिक रूपमा पनि धेरै फाइदा पाएको उनी बताउँछिन् । उनी भन्छिन् ‘विभिन्न व्यक्तिहरूसँग जोडिन पाएकी छु।
नेपालको बीमा बजारमा यो भूमिकामा काम गरेर नाम र दाम कमाउन सफल धेरै अभिकर्ता छन् । बीमा बजारमा बीमाको सचेतना र दायरा बढाउन अभिकर्ताहरूको ठुलो भूमिका रहन्छ । शान्ति पनि म्यानेजरको भूमिकामा रहँदा धेरै एजेन्टहरू पनि सक्रिय रूपमा काम गर्दै गरेको बताउँछिन् । ‘म उहाँहरूलाई तालिम र उत्प्रेरणा प्रदान गर्न पाउँदा निकै गर्व गर्छु,’ उनी थप्छिन्, ‘मेरो नेतृत्वमा रहेका एजेन्टहरूले आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवनमा प्रगति गर्दै जानु भएको छ, जसले मलाई थप ऊर्जा र प्रेरणा प्रदान गरेको छ ।’
यस क्षेत्रमा काम गर्दा उनले आत्मनिर्भरता, सहकार्य र ग्राहकहरूसँग नजिकको सम्बन्धको महत्त्व राम्ररी बुझेको बताउँछिन् । यसले उनलाई परिवार, साथीभाइ र समुदायसँग जोडिन पनि मद्दत गरेको छ । मानिसहरू सधैँ जोखिम र त्यसबाट उत्पन्न हुने चुनौतीहरूको सामना गरिरहेका हुन्छन् । जीवनमा आइपर्ने जोखिम र दुर्घटनाको संरक्षणका लागि बीमा महत्त्वपूर्ण बनिरहेको छ । बीमाले चुनौतीहरूको सामना गर्न र जोखिम क्षति कम गर्न मद्दत पुर्याउँछ ।
‘बीमा क्षेत्रमा काम गर्दा मैले न केवल आर्थिक सुरक्षा प्रदान गरेको छु, तर मानिसहरूलाई भविष्यप्रतिको विश्वास र आत्मविश्वास पनि जगाएको छु,’ उनले भनिन् ।
बीमा क्षेत्रलाई विश्वसनीय र नागरिकको रोजाइमा पार्न काम गरिरहेका व्यक्तिहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । बीमा गर्न र बीमा क्षेत्रमा काम गर्न धेरैलाई प्रेरणा दिँदै गर्दा शान्तिलाई आत्मसन्तुष्टि मिलेको बताउँछिन् । ‘बीमा क्षेत्रमा काम गर्दा मैले न केवल आर्थिक सुरक्षा प्रदान गरेको छु, तर मानिसहरूलाई भविष्यप्रतिको विश्वास र आत्मविश्वास पनि जगाएको छु,’ उनले भनिन्।
एक सफल बीमा अभिकर्तामा विभिन्न खालका गुण हुनुपर्ने तर्क उनको छ । अभिकर्ता आफ्नो पेसाप्रति लगनशील भएर लाग्नुपर्ने उनी बताउँछिन् । निरन्तर रूपमा लागिपर्ने जोकोही पनि यो पेसामा सफल हुन सक्ने उनको अनुभव छ । बीमा अभिकर्ता पेसामा प्रवेश गर्न चाहने नवप्रवेशीलाई लक्षित गर्दै शान्तिले निरन्तर रूपमा लागिपरेर काम गर्दा आम्दानीको हिसाबले राम्रो रहेको बताउँछिन् । ‘बीमा क्षेत्रमा काम गर्दा आफ्नै देशमा नाम र दाम दुबैबाट सन्तुष्ट हुन सकिन्छ र सबैले बीमा गर्दा आफ्नो जीवनमा सुरक्षा पनि मिल्ने गर्छ । जसको कारण जीवन सहज हुन्छ ।’
प्रतिक्रिया