सेबोनबाट थप ५ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ५ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको छ। 

सेबोनको नियमन तथा व्यवस्थापन विभागले गत जेठ १० गते थप ५ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको हो।

स्वीकृति प्राप्त गर्ने कम्पनी तथा संस्थाहरुमा आइएमई जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, एनआईबिएल समृद्धि फन्ड–२, सिभिल बैंक र आरबीबी म्युचुअल फन्ड–१ छन्। 

योसँगै योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति पाउने कम्पनी तथा संस्थाहरुको संख्या १०० पुगेको छ। यसअघि ९५ कम्पनीलाई विभिन्न मितिमा सेबोनले यस्तो स्वीकृति प्रदान गरिसकेको छ।