यी हुन् राज्यलाई सबैभन्दा धेरै कर तिर्ने करदाता (सूचीसहित)

यी हुन् राज्यलाई सबैभन्दा धेरै कर तिर्ने करदाता (सूचीसहित)

बैंकतर्फ नबिल उत्कृष्ट, व्यापारमा भाटभटेनी सम्मानित हुँदा व्यक्तीगतमा राजबहादुर शाह


काठमाडौं – सरकारले राज्यकोषमा धेरै कर दाखिला गर्ने करदातालाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै कर तिर्ने विभिन्न क्षेत्रका उत्कृष्ट करदाता (कम्पनी र व्यक्ती)लाई सरकारले सम्मानित गरेको हो ।

कर दिवसको अवसर पारेर विभिन्न क्षेत्रबाट धेरै कर तिर्ने १६ करदातालाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मानित गरे । जसमा सबैभन्दा बढी कर तिरेर सम्मानित हुने कम्पनी दूरसञ्चार कम्पनी लिमिटेड बनेकाे छ ।

यस्तै, एकलौटीतर्फ सुर्टी ट्रेडर्स, वस्तु निर्याततर्फ डाबर नेपाल, सूचना प्रविधि निर्याततर्फ कडता टेक, कृषितर्फ पतंजली आयुर्वेद, बैंकतर्फ नबिल बैंक, शिक्षातर्फ लुम्बिनी मेडिकल कलेज, पर्यटनतर्फ तारागाउँ रेजेन्सी उत्कृष्ट छन् । यी कम्पनीहरुले २०८०/८१ मा विधागतरुपमा सबैभन्दा बढी कर तिरेका थिए ।

यस्तै, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, सिडिएसी एण्ड क्लियरिङ्ग, ऊर्जातर्फ भोटेकोसी जलविद्युत कम्पनी, रेमिट्यान्सतर्फ सिटि एक्प्रेस, व्यक्तीगततर्फ राजबहादुर शाह, सबैभन्दा बढी मूल्यअभिवृद्धि करतर्फ होंगसी सिमेन्ट छन् ।

यस्तै, सोल्टी इन्टर प्राइजेज र बरुण वेभरेजले समेत विधागतरुपमा सबैभन्दा धेरै कर तिरेको कर कार्यालयले जानकारी दिएको छ । यी सबैलाई अर्थमन्त्री पौडेलले सम्मानित गरेका हुन् ।