काठमाडौं –संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिनभित्र सुधारका कार्य योजना पेस गर्न नेपाल वायुसेवा निगमका पदाधिकारीहरूलाई निर्देशन दिएका छन् ।
नेपाल वायुसेवा निगम केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पाण्डेले निगम अहिले कै अवस्थामा चलाउन नसकिने बताउँदै सुधारका कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् ।
निगम सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै निगमले सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय हरेक कुरामा आगाडि बढ्ने उनको भनाइ थियो ।
नेपाल वायुसेवा निगमको आम्दानीको मेरुदण्डको रूपमा रहेको ग्राउन्ड ह्यन्डलिङ निगमबाट नखोसिने प्रतिबद्ध व्यक्त गर्दै उनले निगमले हवाई सेवाबाट नाफा कमाउने तर्फ लाग्न समेत निर्देशन दिए । निगमलाई घाटा लगाउने चाइनिज जहाजको व्यवस्थापनमा समेत मन्त्रालय सकारात्मक रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया