श्रमिक जाने हवाई टिकटमा कालोबजारी भयोः वैदेशिक रोजगार व्यवसायी संघ

श्रमिक जाने हवाई टिकटमा कालोबजारी भयोः वैदेशिक रोजगार व्यवसायी संघ


काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपालबाट वैदेशिक रोजगारमा जाने श्रमिकले महँगो दरमा हवाई टिकट खरिद गर्नु परेको गुनासो गरेको छ ।

वायुसेवा कम्पनीहरूले सामान्य दिनमा ३० देखि ३५ हजार रुपैयाँमा नियमित पाउने टिकटलाई अहिले ७० देखि ८० हजार रुपैयाँ पुर्‍याएर दोब्बर मूल्यको टिकटमा कामदार जान बाध्य भएको समेत संघले आरोप लगाएको छ ।

यस्तै, मलेसिया लगायत देशमा महिला कामदार माग भएको भन्दै संघले सरकारले अध्ययन गरेर कामदार पठाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । संघले जापान, इजरायल, कोरिया लगायत देशमा इजाजत प्राप्त संस्थाबाट कामदार पठाउन पाउने गरी कार्यविधि स्वीकृत गर्नसमेत माग गरेको छ ।