एनसीसी बैंकको १ लाख ९२ हजार कित्ता संस्थापक शेयर विक्रीमा

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले १ लाख ९२ हजार ६२६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले बुधवार एक सूचना जारी गर्दै कम्पनीका विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर संस्थापक शेयरधनीले मात्र खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको जानकारी दिएको छ । 

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको बागबजार स्थित कार्यालयको शेयर विभागमा लिखित निवेदन सहित सम्पर्क गर्न अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न कुनै प्रस्ताव नआएमा अन्य खरीदकर्तालाई उक्त संस्थापक शेयर विक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जानकारी गराएको हो ।