बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले आइतबार आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा प्रस्तुत गरेका उक्त बजेटमा एनआरएनको लगानी भित्र्याउने देखि विदेशमा रहेका नेपालीलाई १० प्रतिशत आईपीओका आरक्षण दिने सम्मको व्यवस्था गरिएको छ ।
तर, शेयर लगानीहरुमा भने यी व्यवस्थाले खासै उत्साह नदेखिएको देखिन्छ । यस साताको पहिलो कारोबार अर्थात सरकारले प्रस्तुत गरेको बजेटको भोलीपल्ट समेत शेयर बजार दोहोरो अंकले घटेको छ ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.०९ अंकले घटेर २ हजार १ सय ७८ दशमलव ६९ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज १ अर्ब ३३ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका ५ कम्पनीको शेयरमूल्य बढेको छ भने १८७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बलेफी हाइड्रोको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १२४.४० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.९९ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कमपनीको भएको छ । यस कम्पनीको आज ४ करोड ९६ लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया