कुनौली – राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा दुई करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ ।
सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१८२ को साउनदेखि असोजसम्ममा दुई करोड १४ लाख छ हजार एक सय २० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताए ।
सवारीसाधन करबाट एक करोड ३६ लाख पाँच हजार पाँच सय २५, यातायात क्षेत्रको आम्दनीबाट ६५ हजार नौ सय १० रुपैयाँ र सवारी दर्ता किताबापत २५ लाख ४३ हजार एक सय ८५ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
सवारी चालक अनुमतिपत्र बापत ९१ लाख ९१ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आव २०८०/८१ मा १३ करोड ८५ लाख ५८ हजार एक सय ५१ रुपैयाँ राजस्व सङ्कलन भएको थियोभने २०७९/८० मा रु सात करोड ५६ लाख २५ हजार चार सय ७५सङ्कलन भएको थियो ।
प्रतिक्रिया