दुई सरकारी सिमेन्ट उद्योगले बक्यौता तिर्न लिए किस्ताबन्दीको सुविधा 

दुई सरकारी सिमेन्ट उद्योगले बक्यौता तिर्न लिए किस्ताबन्दीको सुविधा 


काठमाडौं  –  सरकारी स्वामित्वका दुई सिमेन्ट उद्योग हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट ट्रंक तथा डेडिकेटेड फिडरको बक्यौता महसुल तिरेका छन् । सिमेन्ट उद्योग हेटौँडा र उदयपुरले किस्तामा बक्यौता तिर्ने निवेदन दिएकोमा उदयपुरले पहिलो किस्ता बुझाएको हो ।

दुवै कम्पनीले प्राधिकरणले निर्धारण गरेको प्रिमियम महसुलको बक्यौता किस्ताबन्दीमा तिर्न निवेदन दिएका हुन् । अहिले हेटौँडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार २५० र उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार ५३३ रुपैयाँ बक्यौता रहेको छ।

ती दुई उद्योगले महसुल तिर्ने विश्वाससहित प्राधिकरणले लाइन काटेको थिएन । हेटौँडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार २५० र उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार ५३३ रुपैयाँ बक्यौता छ ।