बैंकिङ्ग समाचार ।
तपाई बैंकको प्रमुख कार्यकारी अधिकृत हुने योग्यता पुरा भएका र र बैंकिङ्ग क्षेत्रमा लामो अनुभव बटुलेका कार्यरत कर्मचारीहरुले कुनै बैंकको कार्यकारी प्रमुखको भुमिकाका लागि आवेदन भर्ने समय पाँच दिन मात्र बाँकी छ ।
राष्ट्र बैंकबाट ‘ख’ वर्गको अनुमति प्राप्त एक राष्ट्रिय स्तरको बैंक ज्योति विकास बैंकले आह्वान गरेको सीईओ पदका लागि आवेदन भर्र्ने समय अब पाँच दिन मात्र बाँकी छ ।
जेठ १ गतेबाट रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदका लागि बैकले जेठ ४ गते नयाँ दर्खास्त माग गरेको छ। बैंकले जेठ १५ भित्र आवेदन दिइसक्न सूचना जारी गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृतका लागि कम्तिमा १५ बर्षको बैंकिङ्ग अनुभव र १० बर्ष व्यवस्थापकिय तहमा बसेर काम गरेको हुनुपर्ने उल्लेख छ । यस्तै बैंकले मागेको उक्त आह्वानमा ५५ बर्षभन्दा कम उमेरका उम्मेदवारले मात्रै आवेदन दिन सक्ने उल्लेख छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कार्यकाल २ बर्ष बाँकी हुँदै जेठ १ गतेबाट बाहिरिएपछि रिक्त रहेको उक्त पदका लागि बैकले दर्खास्त आह्वान गरेको हो ।
बैंकले हाल पारसराज कँडेललाई कामु प्रमुख कार्यकारीको जिम्मा दिएको छ ।
प्रतिक्रिया