दिल्लीबाट काठमाडौं आएको भिस्ताराको विमानमा बमको राखेको आशंका

दिल्लीबाट काठमाडौं आएको भिस्ताराको विमानमा बमको राखेको आशंका


काठमाडौं – भारतको राजधानी दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको विमानमा बमको राखेको आशंका गरिएको छ । अज्ञात समूहले भिस्तारा एयरको विमानमा बम राखेको हल्ला चलेपछि सुरक्षा निकाय सर्तक भएको छ ।

आज भारतको राजधानीबाट काठमाडौं आएको भिस्ताराको विमानमा बम राखेको हल्लापछि सुरक्षा निकाय सतर्क बनेको हो । यतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको विमानमा सुरक्षा निकाय (प्रहरी र सेना)ले छानविन गरिरहेको छ ।