सार्वजनिक ऋणमा जोड दिँदै सरकार, विश्व बैंकबाट ३८ अर्ब लिँदै, आन्तरिक ऋण ९ अर्ब उठाउने

सार्वजनिक ऋणमा जोड दिँदै सरकार, विश्व बैंकबाट ३८ अर्ब लिँदै, आन्तरिक ऋण ९ अर्ब उठाउने


काठमाडौं – सरकारले विकास ऋणपत्र मार्फत ९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ वर्ष लामो अवधिका लागि विकास ऋणपत्र–२०९० जारी गर्दै आन्तरिक ऋण उठाउने भएकाे हाे ।

२०८१ कात्तिक ८ गते जारी हुने विकास ऋणपत्र आगामी २०९० कात्तिक ८ गते परिपक्क हुनेछ । ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेस गर्न सक्नेछन् । ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइनेछ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम हुने जनाइएकाे छ।