बाढी पहिरो पीडितलाई आयल निगमको ३ करोड

बाढी पहिरो पीडितलाई आयल निगमको ३ करोड


काठमाडौं – नेपाल आयल निगमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ जम्मा गरेको छ । यही असोज ११ र १२ गते आएको भिषण वर्षाका कारण आएको बाढी र पहिरोका कारण भएको क्षतिलाई मध्यनजर गर्दै निगमले ३ करोड रुपैयाँ दिएको हो ।

यस्तै कोषमा युनिलिभर कम्पनीले कोषमा ३० लाख रुपैयाँ जम्मा गरेको छ । यसअघि यो कम्पनीले २० लाख रुपैयाँ दिइसकेको थियो । यस्तै माछापुच्छ्रे बैंकले २५ लाख रुपैयाँ र पूर्व राष्ट्रसेवक कर्मचारी संगठनबाट १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।