काठमाडौं – नेपाली बजारमा आजपनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेर नयाँ किर्तिमान कायम भएको जानकारी दिएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँ थियो ।
आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर नयाँ किर्तिमान कायम भएको हो । यस्तै आज चाँदीको मूल्य तोलामा २ हजार ७५ रुपैयाँ पुगेको छ । यसअघि चाँदीको मूल्य यो बिन्दुमा पुगेको थिएन । गत साताको शुक्रबार चाँदीको मूल्य १९ सय ८० रुपैयाँ कायम थियो ।
प्रतिक्रिया