सनराइज बैंकद्वारा कलेज र गाउँपालिकालाई पीपीई सहयोग

सनराइज बैंकद्वारा कलेज र गाउँपालिकालाई पीपीई सहयोग


बैकिङ्ग समाचार ।

सन्राइज बैंकले चितवन मेडिकल कलेज र  महाभारत गाउपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ सहयोग गरेको छ । 

बिहिबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ चितवन मेडिकल कलेजका सम्पर्क अधिकारी बिमल ज्ञवालीलाई  हस्तान्तरण गरे । 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा सिमित स्रोत साधनका साथ अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि निभाउनु भएको भूमिका अतुलनीय रहेको बताए । 

त्यसैगरी जेष्ठ ०७, बुधबार बैंकले महाभारत गाउँपालिकालाई १० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ र १००० थान मास्क हस्तान्तरण गरेकोे थियो । 

उक्त सामाग्री बैंकका महाभारत शाखा अधिकृत राजकुमार थापाले  गाउँपालिकाका मेयर हरि सिंह बिष्टलाई हस्तान्तरण गरेका थिए ।