उन्नती सहकार्यको नाफा ४६ प्रतिशत घट्यो, पौने ४ करोड नाफा आर्जन

उन्नती सहकार्यको नाफा ४६ प्रतिशत घट्यो, पौने ४ करोड नाफा आर्जन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८।७९ को तेस्रो त्रैमाससम्म ३ करोड ७९ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीले ४५.७३ प्रतिशतले घटेको हो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो ।

तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद ब्याज आम्दानी २.८० प्रतिशत र सञ्चालन मुनाफा ४५.७३ प्रतिशत घटेको छ । चैतसम्म कम्पनीले १६ करोड ७२ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ६ करोड २ लाख १३ हजार सञ्चालन आम्दानी गरेको छ ।

चुक्ता पूँजी ३० प्रतिशत बढेर २२ करोड ९० लाख २० हजार रुपैयाँ र जगेडा कोष १८.३८ प्रतिशतले घटेर ९ करोड ३१ लाख ३३ हजार रुपैयाँको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले १ अर्ब ४ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब ३४ करोड ४० लाख रुपैयाँ सापटीबाट ३ अर्ब ३५ करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

चुक्ता पूँजी ३० प्रतिशत बढेर २२ करोड ९० लाख २० हजार रुपैयाँ र जगेडा कोष १८.३८ प्रतिशतले घटेर ९ करोड ३१ लाख ३३ हजार रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तको निक्षेप संकलन ११.९७ प्रतिशत र कर्जा १२.९३ प्रतिशत बढेको छ भने सापटी १२.२५ प्रतिशत घटेको छ ।
लघुवित्तले प्रतिसेयर आम्दानी २२.०८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४०.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९.७७ गुणा छ ।