काठमाडौं – विगत केही साता ओरालो यात्रा तय गरिरहेको शेयर बजारले यो साता भने केही हदसम्म उकालो यात्रा तय गर्यो । यो साताको बजारले खस्किएको लगानीकर्ताको मनोबलमा केही भए पनि ऊर्जा थप्ने काम गर्यो ।
यो साता समग्रमा शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ११० अंकको वृद्धि भयो भने कारोबार रकमा पनि केही सुधार देखियो । यो साता समग्रमा २२ अर्ब १४ करोड बराबरको कारोबार भएको छ ।
गत साता २६ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । गत साता ५ दिन नै कारोबार भएको बजार यो साता चार दिन मात्र खुलेको थियो ।
साताका चार दिनमध्ये दुई दिन बजारमा वृद्धि देखिएको थियो भने दुई दिनमा बजार घटेको थियो । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक २२.३६ अंकले घटेर सुरु भएको बजारमा सोमबार ४४.४५ अंकले बढ्यो ।
मंगलबार बजारले लगानीकर्ताहरूमा थप उत्साह थपिदियो । त्यस दिन बजारले ११४.७० को अग्रता लियो । जसले लगानीकर्ताहरूको गिरेको मनोबललाई उकास्ने काम गर्यो ।
बुधबार भने बजारमा करेक्सन देखियो । २६.०७ अंकले घटेपनि कारोबार रकम सामान्य अवस्थामा रह्यो । साताको अन्तिम कारोबारको दिन बिहीबार भने सरकारले घटस्थापनाका देशभर सार्वजनिक बिदा दिएकाले शेयर बजार बन्द रह्यो ।
कुन दिन कति कारोबार ?
आइतबार – २२ दशमलव ३६ अंकले घटेकाे बजारमा ४ अर्ब ५ करोडको कारोबार
सोमबार – ४४ दशमलव ४५ अंकले बढेकाे बजारमा ३ अर्ब ७१ करोडको कारोबार
मंगलबार– आज १०४ अंकले बढेको बजारमा ७ अर्ब ६१ करोडकाे कारोबार
बुधबार – २६ दशमलव ०७ अंकले घटेरकाे बजारमा ६ अर्ब ७७ करोडकाे काराेबार
याे पनिः
प्रतिक्रिया