अभिनेत्री लक्ष्मी बर्देवाको दुखेसोः बैंक अफ काठमाण्डूको मोवाईल बैकिङ्गले दिक्क बनायो

अभिनेत्री लक्ष्मी बर्देवाको दुखेसोः बैंक अफ काठमाण्डूको मोवाईल बैकिङ्गले दिक्क बनायो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  

यतीबेला डिजिटलको जमाना छ । बैंक जनताका खल्तीमै पुगेका छन । तर बैंकका साना साना प्राक्टिकल समस्याले अक्सर सताइरहन्छ । यस्तै भएको छ अभिनेत्री लक्ष्मी बर्देवालाई पनि । मोबाइल बैंकिङ प्रयोग गर्दा दोहोरो पैसा काटिने समस्यालाई औँल्याउदै अभिनेत्री लक्ष्मी बर्देवाले आफ्नो फेसबुक मार्फत बैंक अफ काठमाण्डूको मोबाइल बैंकिङ प्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।

 

#bankofkathmandu #bhatbhatenisupermarket म बिगत 10-11 बर्ष देखि बैंक अफ काठमाडौको ग्राहक हु। पछिल्लो 2बर्ष देखि यो…

Posted by Laxmi Bardewa on Thursday, April 28, 2022

केही दिन अघि बर्देवाले बैंक अफ काडमाण्डूको मोबाइल बैंकिङ मार्फत नक्सालको भाटभाटेनीमा भुक्तानी गरेकी थिइन् ।  तर प्राविधिक समस्याका कारण उनले भुक्तानी गर्नुपर्ने रकम दुई पटकसम्म काटियो । यसपछि उनले भाटभटेनीमै समस्या राख्दा सुनुवाई नभएको र बैंकले पनि आइतबार मात्र खातामा पैसा फिर्ता आउने बताएको उनले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत दुखेसो पोखेकी छन । फेसबुक पोस्टमा उल्लेख गरेकी छन् । यसअगाडि पनि यसैगरी दोहोरो रकम काटिने समस्या भोगेको कुरा पनि उनले खुलाएकी छन् । यो विषयमा टेकपानाले बैंक अफ काठमाण्डूका प्रतिनिधिसँग कुरा गर्न खोज्दा उनले तत्काल प्रतिकृया दिन चाहेनन् । तर यस्ता साना व्यवहारिक समस्या भोग्ने उनी एक्ली भने होइनन् । डिजिटल बैंकिङका यस्तै खाले समस्याहरु भोग्ने यहाँ हजारौं ग्राहकहरु भेटिन्छन । 

यस्तो छ दोहोरो भुक्तानीमा रकम फिर्ताको व्यवस्था 

दोहोरो रकम तिर्नुपर्दा होस् वा कुनै गल्तिले गलत मान्छेलाई भुक्तानी भएको अवस्था नै किन नहोस्, ग्राहकले आफ्नो पैसा फिर्ता पाउनुपर्ने विषयमा नेपाल राष्ट्र बैंकले अहिलेसम्म कुनै स्पष्ट कानुनी प्रावधान बनाएको छैन । यता भुक्तानी सेवा प्रदायक कम्पनीहरू भने राष्ट्र बैंकले एटीएम कार्डको लागि बनाएको नियम अनुसार चल्ने गरेका छन् । 

‘विभिन्न प्राविधिक कारणले गर्दा ग्राहकको खाताबाट दोहोरो रकम काटिरहेको हुन्छ । यसको लागि सम्बन्धित बैंक अथवा भुक्तानी सेवा प्रदायकसँग नै सहयोग लिनुपर्ने हुन्छ । यद्यपि अनलाइन भुक्तानीमा रिफन्ड (पैसा फिर्ता) को विषयमा भने लिखित रुपमा नै कुनै कानुन बनिसकेको भने छैन । राष्ट्र बैंकका अनुसार कुनै कार्डबाट भुक्तानी हुँदा रिफन्ड गर्नुपर्ने रकम १४ दिनभित्र ग्राहकको खातामा फर्काइ सक्नुपर्ने हुन्छ । अहिले अनलाइन भुक्तानीमा पनि यही अभ्यास चलिरहेको र अनलाइन भुक्तानीमा रिफन्ड गर्नुपर्ने रकम फिर्ता हुन १४ दिन भने नलाग्ने राष्ट्र बैंक बताउँछ । 

पहिलो भुक्तानीमा ‘इरर’ अथवा ‘पेमेन्ट अनसक्सेफुल’ भनेर देखायो भनेर पनि दोस्रो पटक पेमेन्ट गर्दा दोहोरो रकम काटिने समस्या हुने र यसो हुँदा केही समय पर्खेर पैसा काटेको अथवा नकाटेको निश्चित गर्नुपर्ने राष्ट्र बैंकको सुझाव छ ।