सामलिङ पावरको ४३ लाख कित्ता शेयरको लकइन सकियो, दोस्रो बजारमा कारोबार खुल्दै

सामलिङ पावरको ४३ लाख कित्ता शेयरको लकइन सकियो, दोस्रो बजारमा कारोबार खुल्दै


काठमाडौं – सामलिङ पावरको ४२ लाख ८४ हजार ६०० कित्ता शेयरको लकइन समय सकिएको छ । यससँगै कम्पनीको सो कित्ता शेयरको कारोबार खुल्ने भएको छ ।

कम्पनीले दिएको जानकारीअनुसार संस्थापक शेयर, आयोजना प्रभावित क्षेत्रका वासिन्दको शेयर र कर्मचारीलाई बाँडफाँड गरिएको शेयरको लकइन अवधि सकिएको हो ।

यससँगै, संस्थापकहरुको ३७ लाख ७० हजार कित्ता शेयरको कारोबार खुल्ने छ । यसैगरी, आयोजना प्रभावित स्थानीयवासिन्दाको ५ लाख कित्ता शेयरको समेत कारोबार खुल्ने छ भने कर्मचारीलाई बाँडफाँड गरिएको १४ हजार ६०० कित्ता शेयर समेत कारोबार खुल्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको उक्त कित्ता शेयरको लकइन यही वर्ष २०८१ को कात्तिक १५ गते लकइन सकिने जनाइएको छ ।