काठमाडौं – आइतबार उच्च अंकले घटेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आजको प्रि–ओपन सेसनमा बढेको छ । आज सोमबारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक २.१९ अंकले बढेको हो ।
यससँगै नेप्से परिसूचक २४६६ अंकमा पुगेको छ । यसक्रममा १३ लाख ३१ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यस्तै १५ सय ५४ कित्ता शेयर किनबेच भएको छ । १३ कम्पनीको मूल्य बढ्दा १० कम्पनीको घटेको छ ।
४ कम्पनीको मूल्य भने स्थिर कायम छ ।
प्रतिक्रिया