बैंकिङ्ग समाचार, काठमाडौं ।
सप्तकोशी डेभलपमेन्ट बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा रू. ७ करोड ३८ लाख नोक्सानी ब्यहोरेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा भने कम्पनीले रू. ४ करोड २५ लाख नाफा कमाएको थियो ।
चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ८९ प्रतिशत घटेकाले र सञ्चालन नाफा रू. ७ करोड ५८ लाख ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो ।
कम्पनीको चुक्तापूँजी रू. ८३ करोड ४३ लाख रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ११ करोड ८२ लाख सञ्चित गरेको छ । यो जगेडा कोष गत आवको तुलनामा २० प्रतिशत वृद्धि भएको हो ।
गत आवमा कम्पनीले जगेडामा रू. ९ करोड ८० लाख सञ्चित गरेको थियो । चालू आवमा कम्पनी नोक्सानीमा गएसँगै प्रतिशेयर आम्दानी रू.११ दशलमव ८० (ऋणात्मक) रहेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ५० धनात्मक थियो । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ४ अर्ब ५ करोड निक्षेप संकलन गरेर रू. ४ अर्ब ८४ लाख कर्जा लगानी गरेको हो ।
सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात २४ दशमलव ५९,तरलता अनुपात २० दशलमव २९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ९८ दशलमव शून्य ४ रहेको छ ।
प्रतिक्रिया