बाढीले हेडबक्स बगाउँदा माण्डु हाइड्रोपावरको उत्पादन बन्द

बाढीले हेडबक्स बगाउँदा माण्डु हाइड्रोपावरको उत्पादन बन्द


काठमाडौं – बिहीबार रातीदेखि परेको भिषण वर्षाका कारण आएको बाढी र पहिरोका कारण हेडबक्स बगाएपछि माण्डु हाइड्रोपावरको उत्पादन प्रभावित बनेको छ । कम्पनीले दिएको जानकारीअनुसार बागमती नदीमा बढेको पानीको बहाबका कारण बाढी र पहिरो आउँदा आयोजनाको हेडबक्समा क्षती पुगेपछि उत्पादन बन्द भएको हो ।

कम्पनीले दिएको जानकारीअनुसार आयोजनाको हेडबक्समा रहेको भौतिक संरचनामा क्षती पुगेको छ । यो काबुभन्दा बाहिरको परिस्थिती भएकाले आयोजनामा क्षती आएको र क्षतीको पूर्ण विवरण आउन बाँकी रहेको बताइएको छ ।