हिमालयन हाइड्रोपावरको ९ करोडको आईपीओ बैशाख २५ गतेदेखि

हिमालयन हाइड्रोपावरको ९ करोडको आईपीओ बैशाख २५ गतेदेखि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
हिमालयन हाइड्रोपावर लिमिटेडले बैशाख २५ गतेदेखि ९ करोड मूल्य बराबरको ९ लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र कास्कीका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । जसअनुसार कम्पनीले विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत (९ लाख कित्ता) सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी गर्ने आईपीओमा आयोजना प्रभावित क्षेत्र कास्की मादी गाउँपालिका वडा नंम्बर १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुले जेठ ८ गतेआवेदन दिन सक्नेछन् सो समयभित्र सबै सेयर खरीदका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेठ २३ गते आईपीओ निष्काशन खुला रहनेछ ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसैगरी ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

सो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी आईआर बी प्लस रेटिङ्ग’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले स्थानीय र सर्वसाधारणका लागि आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापक समूहको (४५ प्रतिशत) ८६ करोड ९९ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर रहेको छ । चुक्ता पूँजीको २०.५५ प्रतिशत बराबरको सेयर सर्वसाधारणमा बिक्री गर्न लागिएको हो । आइपीओ निष्काशन गर्नका लागि बोर्डबाट वैशाख ४ गते अनुमति पाएको थियो ।

कम्पनीले कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरी विजुली उत्पदन गरिरहेको छ । रन अफ दि रिभर मोडालिटीमा निर्माण गरिएको परियोजनाको कुल लागत २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ जसको प्रतिमेगावट लागत २२ करोड ३ लाख रुपैयाँ रहेको छ । हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड सन् २००४ मा स्थापना भएको कम्पनी हो ।