तेस्रो चौमाससम्ममा बैंकहरुले कमाए ५१ अर्ब

तेस्रो चौमाससम्ममा बैंकहरुले कमाए ५१ अर्ब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
तरलता गहिरिएको असर बैंकहरुको नाफामा पनि देखिएको छ । चालु आर्थिक बर्षको तेस्रो चैमास सम्म आईपुग्दा अधिकांश बैंकको नाफा उत्साहजनक देखिएको छैंन । बैंकको नाफा जम्मा ०.५४ प्रतिशतले मात्र बढेको छ । सञ्चालनमा रहेका कुल २७ बैंकको ५१ अर्ब १ करोड रुपैंया खुद नाफा कमाएका छन् । गत बर्षको चैत्र मसान्त सम्ममा बाणिज्य बैंकहरुले ५० अर्ब ७४ करोड रुपैंया नाफा गरेका थिए । औषतमा बाणिज्य बैंकहरुले १ अर्ब ७८ करोड नाफा कमाएको देखिन्छ । चैत्र सम्ममा तीन बाणिज्य बैंकको खुद नाफा ३ अर्ब रुपैंयाको सिलिङ्ग लागेको छ । यस्तै ११ ओटा बाणिज्य बैंक औषत भन्दा धेरै नाफा कमाउँन सफल भएका छन् । 

सर्वाधिक खुद नाफा कमाएको ग्लोबल आइएमई बैंकले ३ अर्ब ७२ करोड रुपैंया नाफा आर्जन गरेको छ । ३ अर्ब ६० करोड रुपैंया खुद नाफा सहित एन.आई.सी एसिया बैंक दोस्रो रहेको छ । यस्तै नविल बैंक नाफामा तेस्रो नम्बरमा रहेको छ । बैंकले तेस्रो त्रैमास सम्ममा ३ अर्ब ३५ करोड रुपैंया खुद नाफा कमाएको छ । यस अवधीमा लक्ष्मी बैंक लगायत १२ बैंकको नाफा घटेको छ । लक्ष्मी बैंकको नाफा गत बर्षको सोही अवधीको तुलनामा ३३ दशमलव ३१ प्रतिशत घटेको छ । बैंक अफ काठमाडौंको नाफा पनि साढे पच्चिस प्रतिशतले घटेको छ । राष्ट्रिय बाणिज्य सहित नेपाल इन्भेष्ट्रमेन्ट, प्रभु, सानिमा, कृषि विकास, नेपाल बैंक र कुमारी बैंकको पनि नाफामा शंकुचन आएको छ ।