काठमाडौं – युनिलिभर नेपालले आफ्ना शेयरधनीहरुलाई अहिलेसम्मकै सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लगानीकर्तालाई अहिलेसम्मकै सबैभन्दा धेरै लाभांश घोषणा गरेको हो ।
गत वर्षको मुनाफाबाट कम्पनीले प्रतिकित्ता १७ सय १४ रुपैयाँ नगद लाभांश घोषणा गरेको छ । यो कम्पनीले घोषणा गरेको अहिलेसम्मकै उच्च लाभांश हो । यसअघि अघिल्लो आर्थिक वर्षको नाफाबाट गत वर्ष कम्पनीले प्रतिकित्ता १५ सय ८० रुपैयाँ नगद लाभांश घोषणा गरेको थियो ।
त्यसअघि आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले १२ सय १५ रुपैयाँ प्रतिकित्ता नगद लाभांश घोषणा गरेको थियो । यसबाट आफ्ना लगानीकर्तालाई सबैभन्दा धेरै लाभांश घोषणा गर्ने कम्पनीको अग्रस्थानमा युनिलिभर नेपाल आउँछ ।
कम्पनीले आफ्नो इतिहासमा अहिलेसम्म बोनस शेयर वितरण गरेको छैन । कम्पनीले लाभांश वितरणका लागि असाेज २८ देखि कात्तिक १२ गतेसम्म बुक क्लाेजकाे मिति ताेकेकाे छ ।
प्रतिक्रिया