फोनलोनसँगको सहकार्यमा हाम्रोबजारले सुरु गर्‍यो ‘बाइ नाउ, पे लेटर’

फोनलोनसँगको सहकार्यमा हाम्रोबजारले सुरु गर्‍यो ‘बाइ नाउ, पे लेटर’


काठमाडौं – अनलाइन मार्केटप्लेस हाम्रोबजारले फोनलोनसँगको सहकार्यमा ‘बाइ नाउ, पे लेटर’ फिचर सार्वजनिक गरेको छ । हाम्रोबीएनपीएल नामक फिचरमा हाम्रोबजारले यस्तो सेवा सुरु गरेको हो ।

अब हाम्रो बजारबाट सामान खरिद गर्न चाहने फोनलोनका योग्य ग्राहकहरुले हाम्रो बजारबाट मासिक किस्ताबन्दीको सुविधामा सामान किन्न सक्ने छन् । किस्ताबन्दीको सुविधाले हाम्रो बजारलाई अझ सहज र किफायती बनाउन सघाउने कम्पनीको विश्वास छ ।

कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका फोनलोन प्रयोगकर्ताहरुले किस्ताबन्दीको सुविधा आ९आफ्नो मोबाइल बैंकिङ एपबाटै सजिलै प्रयोग गर्न सक्छन् । हाम्रोबीएनपीएलमार्फत ग्राहकहरुले ६ महिनासम्मको किस्ताबन्दी सुविधामा कुनै ब्याज तिर्नु नपर्ने कम्पनीले जनाएको छ ।

९ देखि १२ महिनाको स्ट्यान्डर्ड इएमआई लिने प्रयोगकर्ताहरुले भने डाउनपेमेन्ट बिनानै सुविधा उपभोग गर्न सक्छन् । हाम्रो बजारको हाम्रोबीएनपीएलमा २५० भन्दा बढी प्रडक्ट उपभोक्ताहरुले छनोट गर्न सक्छन् ।

आफूलाई आवश्यक परेको वा मनपरेको प्रडक्ट फोनलोन प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैंकिङ्गबाटै क्यूआरकोड स्क्यान गरेर किस्ताबन्दीमा किन्न सक्छन् ।

‘हाम्रोबीएनपीएल भुक्तानीको माध्यम मात्रै होइन । यो नेपाली उपभोक्ताहरुका लागि इ९कमर्समा गेमचेन्जर फिचर हो,’ फोनलोनका प्रमुख कामर्यकारी अधिकृत सागर शर्माले भने ।

हाम्रोबजारसँगको सहकार्यमा ग्राहकहरुलाई तत्काल सबै पैसा भुक्तानी गर्नुपर्ने बाध्यताबाट छुट्कारा दिँदै तनावविना सामान खरिद गर्ने वातावरण सृजना गर्न खोजेको उनको भनाई छ ।

फोनलोन नेपालको सबैभन्दा ठूलो डिजिटल कर्जा दिने माध्याम हो । यसले योग्य प्रयोगकर्ताहरुलाई तत्काल, धितोविनै ऋण उपलब्ध गराउँछ । जसका लागि विभिन्न बैंकहरुसँग सहकार्य गरिरहेको छ ।