आजपनि बढ्यो सुनको मूल्य, नयाँ किर्तिमान कायम

आजपनि बढ्यो सुनको मूल्य, नयाँ किर्तिमान कायम


काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य बढेको जानकारी दिएको छ । हिजो सोमबारको तुलनामा आज तोलामा ५०० रुपैयाँले बढेर सुनको कारोबार सुरु भएको महासंघले जनाएको हो ।

यससँगै आज सुनको मूल्य तोलामा १ लाख ५९ हजार ७०० रुपैयाँ कायम छ । हिजो सोमबार १ लाख ५९ हजार २०० रुपैयाँ कायम थियो । यससँगै सुनको मूल्यले नेपाली बजारमा अहिलेसम्मकै किर्तिमान कायम गरेको छ ।

यसअघि यो मूल्यमा सुनको मूल्य पुगेको थिएन् । यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । प्रतितोला ५ रुपैयाँले घटेसँगै चाँदीको मूल्य प्रतितोला १९ सय १५ रुपैयाँ कायम छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १९ सय २० रुपैयाँ थियो ।