बैकिङ्ग समाचार ।
कोरोना भाइरसको असरका कारण आम्दानीमा कटौति भएपछि बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तर (स्प्रेड दर) बढाएका छन् ।
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये ०७६ चैत मसान्तमा १३ वटाको स्प्रेड दर ५ प्रतिशतभन्दा बढी छ । राष्ट्र बैंकको निर्देशन अनुसार स्प्रेड दर ४.५० प्रतिशतभन्दा बढी हुनु हुँदैन ।
तर, राष्ट्र बैंकले गत चैत १६ गते कोरोना प्रभावितलाई पहिलो चरणको राहत प्याकेज घोषणा गर्दै बैंकहरुलाई पनि केही सहुलियत दिएको थियो ।
‘वित्तीय प्रणालीमा समग्ररुपमा परेको प्रभावलाई मध्यनजर गरी २०७६ चैत महिनामा अनुपालन गर्नुपर्ने नियामकीय/शुपरिवेक्षकीय अनुपातहरु अनुपालना नभएको खण्डमा कुनै हर्जना लगाइने छैन,’ राष्ट्र बैंकले भनेको छ ।
यसरी तोकिएको भन्दा बढी स्प्रेड दर भएपनि राष्ट्र बैंकले कारबाही नगर्ने भएपछि बैंकहरुले नाफामा ठूलो असर पर्न नदिने चलाखी गरेका हुन् । व्याजदर घटाउनुपर्ने तीब्र दबाबमा रहेका बैंकहरुले स्प्रेड दर बढाएर त्यसको घाटा पूर्ति गर्ने रणनीति अबलम्बन गरेको देखिन्छ ।
चैत मसान्तमा सबैभन्दा बढी स्प्रेड दर माछापुच्छ्रे बैंकको (५.४१ प्रतिशत) छ । गत वर्षको यसै अवधिमा बैंकको स्प्रेड दर ४.२७ प्रतिशत थियो । त्यसयता लगातार बढाइरहेको छ ।
यस्तो बैंकहरुको पछिल्लो स्प्रेड दर (प्रतिशतमा)
Banks Name Chaitra 2076 Poush 2076 Ashad 2076 Chaitra 2075
CIVIL 4.09% 4.90% 3.76% 3.38%
Laxmi 4.34% 4.23% 4.37% 4.19%
Nepal Bank 4.49% 4.44% 4.99% 5.50%
Prime 4.64% 5.11% 4.32% 3.71%
Kumari 4.65% 4.37% 3.54% 3.61%
Rastriya Banijya 4.70% 5.53% 4.46% 4.70%
Century 4.77% 4.76% 4.20% 3.96%
Citizens 4.85% 4.58% 3.15% 4.56%
Sunrise 4.86% 5.14% 4.44% 4.37%
Nepal Bangladesh 4.88% 4.80% 4.64% 4.71%
NMB 4.88% 5.03% 4.26% 4.33%
NIC 4.92% 5.02% 4.41% 4.96%
Siddhartha 5.00% 5.17% 4.07% 4.15%
Nepal Investment 5.01% 5.16% 4.38% 4.24%
Himalayan 5.04% 5.32% 4.47% 4.50%
Sanima 5.08% 5.04% 4.35% 5.65%
NCC 5.08% 5.18% 4.70% 3.17%
Everest 5.13% 5.33% 4.29% 4.69%
Nepal SBI 5.15% 5.22% 4.43% 4.80%
Global IME 5.18% 5.31% 4.47% 4.63%
Mega 5.22% 5.60% 4.73% 4.73%
Prabhu Bank 5.32% 4.83% 4.70% 4.88%
Standard Chartered 5.32% 5.93% 5.58% 4.45%
Nabil 5.34% 4.99% 4.45% 4.43%
Machapuchre 5.41% 5.24% 5.18% 4.27%
Agricultural Development 4.42% 5.29% 4.68% 5.61%
Bank of Kathmandu 4.80% 5.03% 4.98% 4.28%
प्रतिक्रिया