बैंकिङ समाचार । एन आई सी एशिया बैंकले गा्राहकहरुको सुविधालाई मध्यनजर गर्दै नयाँ वेबसाईट सार्वजनिक गरेको छ ।
डिजिटल बैंकिङ्गलाई प्रणालिलाई उच्च प्राथमिकतामा राख्दै विविध सुविधायुक्त विशेषताहरुका साथ बैंकले नयाँ वेबसाइट सार्वजनिक गरेको हो।
वेबसाइटमा बैंकको सेवा सुविधाकोे विवरण हेर्न चाहनेहरुको लागि अन्तरक्रियात्मक शैलीमा जानकारी प्रस्तुत गर्नुको साथै ग्राहकहरुले नेपाली भाषामा बैंकका सूचनाहरु प्राप्त गर्न सक्नेछन् ।
वेबसाईटबाट सजिलै बैंकको शाखा, एक्स्टेन्सन काउण्टर, एटिएम रहेको स्थान पत्ता लगाउन सकिने उद्देश्यका साथ साईटमा गुगल म्याप समेत समावेश गरिएको छ । वेबसाईटलाई मोबाइलबाट पनि जुनसुकै स्थानबाट चलाउन सकिनेछ ।
यती मात्र नभई वेबसाईटबाटै खाता खोल्न मिल्ने बनाईएको छ ।
यसैगरी प्रयोगकर्ताको रुची अनुसार बैंकले उपलब्ध गराउने विभिन्न सुविधा तथा जानकारी प्रयोगकर्ताको वेब–ब्राउजरमा स्वचालित सुचना (अलर्ट) मार्फत पठाउन सकिने बैंकले जनाएको छ ।
आफुलाई मनपरेका जानकारी र सुचना सामाजिक सञ्जालमा सेयर गर्न सकिने गरी व्यवस्था मिलाईएको छ । प्रयोगकर्ताको डाटा सुरक्षाको लागि बिशेष सुरक्षा संयन्त्रको प्रयोग पनि गरिएको छ ।






About Us
प्रतिक्रिया