आइएमई जनरलको ९१ हजार कित्ता सेयर लिलामीमा आउने

आइएमई जनरलको ९१ हजार कित्ता सेयर लिलामीमा आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको १९ हजार १९५ कित्ता सेयर लिलामी बिक्रीमा आउने भएको छ ।

कम्पनीले वैशाख १२ गतेदेखि हकप्रदमा अवितरित भएको सर्वसाधारण समूहतर्फको ८८ हजार ९३४ कित्ता र संस्थापक समूहको २ हजार २६१ कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्ने भएको हो ।

कम्पनीले फागुन १२ गतेदेखि चैत १३ गतेसम्म बिक्री खुला गरेको थियो । सो समयमा बिक्री हुन नसकेको सेयरबैशाख १२ गतेदेखि लिलामी प्रक्रियाबाट बिक्री गरिन लागिएको हो ।

उक्त सेयर खरीदका गर्न चाहने इच्छुक व्यक्ति तथा संस्थाहरुले वैशाख २० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी प्रतिस्पर्धी मूल्य अंकित गरी आफूले खरी दगर्न चाहेको कित्ता खुलाएर शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय नक्सा, ग्लोबल आइएमई बैंकका शाखा कार्यालय झापा, मोरङ, धनुषा, वीरगञ्ज, हेटौंडा, चितवन, कास्की, रुपन्देही, बागलुङ, बाके, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुरमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।

बैशाख ५ गते सोमबार कम्पनीको धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता ५५४ रुपैयाँ हाराहारीमा खरीद बिक्री भैरहेको छ ।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।