सातामा ३ हजारले बढ्यो सुनको मूल्य, अहिलेसम्मकै उच्च बिन्दुमा

सातामा ३ हजारले बढ्यो सुनको मूल्य, अहिलेसम्मकै उच्च बिन्दुमा


काठमाडौं – नेपाली बजारमा यो साता सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य ३ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ थियो । जुन यो साताको शुक्रबारसम्म आइपुग्दा ३ हजार रुपैयाँ बढेर १ लाख ५६ हजार ३०० रुपैयाँ कायम भएको हो ।

यस्तै यो साता चाँदीको मूल्यमा समेत ठूलो भिन्नता आएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १७ सय ६५ रुपैयाँ थियो । जुन यो साता ६५ रुपैयाँले बढेर १८ सय ६० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै जाँदा नेपाली बजारमा समेत प्रभाव देखिन्छ । जसकारण पछिल्लो समय नेपालीको क्रयशक्तीबाहिर सुनको मूल्य जाने जोखिम बढ्न थालेको छ । सुनलाई विश्वमा सबैभन्दा सुरक्षित लगानीकारुपमा लिइन्छ ।

यहीकारण विश्वभरका केन्द्रीय बैंकले सुनमा लगानी बढाइरहेका छन् । सबै देशको केन्द्रीय बैंकको प्राथमिक्ता परेपछि सुनको माग अत्याधिक बढ्दा मूल्य उकालो लागेको हो ।