सीवाइसी नेपाल लघुवित्तको आईपीओमा ओइरो, ११ लाख बढीको आवेदन

सीवाइसी नेपाल लघुवित्तको आईपीओमा ओइरो, ११ लाख बढीको आवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदनको ओइरो लागेको छ ।

बैशाख २ गते शुक्रबारदेखि सर्वसाधारणमा बिक्री खुला भएको सार्वजनिक निष्काशन आईपीओमा आइतबार बिहान १० बजेसम्म ११ लाख ६७ हजार ५१८ वटा आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ ।

सिडीएससीका अनुसार आइतबार बिहानसम्ममा सर्वसाधारणबाट माग भएको सेयरको ३६.३० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहान १० बजेसम्ममा १ अर्ब ३४ करोड १९ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ३४ लाख १९ हजार ८७० कित्ता सेयरको लागि आवेदन परेको हो ।

लघुवित्तले शुक्रबारदेखि ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्न लागेको हो । निष्काशित कुल सेयरमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, वेवसाइट, तथा नेपाल धितोपत्र बोर्डबाट सि(आश्वा अनुमति प्राप्त संस्था तथा तिनका शाखा कार्यालयहरु मार्फत बैशाख ६ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयर एनपी डबल बि माइनस इस्यूअरु रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ । आईपीओ बाँडफाँड पश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ ।

लघुवित्तको आईपीओमा लगानीकर्ताको उच्च आकर्षण हुने गरेपनि लगानीकर्ताले भने न्यून संख्यामा मात्र सेयर पाउने गरेका छन् । भर्खरै निष्काशन बन्द भएको उपकार लघुवित्त वित्तीय संस्थामा कुल आवेदकको १ प्रतिशतले मात्र सेयर पाउने तथ्याङ्क छ ।