काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा वा माला ल्याउन र लगाउन प्रतिबन्ध लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज एक सूचना जारी गर्दै खादा वा मालामा प्रतिबन्ध लगाएको जानकारी दिएकाे हाे ।
हवाई यात्रु तथा तिनका आफन्तलाई लक्षित गरी खादा वा माला नल्याउन कार्यालयले अपिल गरेको छ। हवाई यात्रुले लगाएर आउने खादा, माला वा झोलामा बाँधेर ल्याउने खादाले सुरक्षा जाँचका क्रममा विमानस्थलका सुरक्षा उपकरणमा गम्भीर क्षति पुर्याइरहेको कार्यालयले जनाएको छ।
‘यसले विमानस्थलको सौन्दर्यतामा पनि नकारात्मक असर पुगेको छ’, सूचनामा , ‘खादा र माला एक्स–रे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किने गरेको र त्यसले उपकरणलाई गम्भीर क्षति पुर्याइरहेको छ।’ उल्लेख गरिएकाे छ ।
प्रतिक्रिया