बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागी नयाँ अफर सार्वजनिक गरेको छ । बैंकले नयाँ बर्षको अवसरमा आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई विभिन्न प्रकारका छुट तथा अफरहरु प्रदान गर्न अन्य संस्थाहरु सँग विभिन्न सम्झौताहरु गरेको छ ।
यस्ता छन् एनएमबिले नयाँ वर्षमा आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई उपलब्ध गराउने छुट तथा अफरहरुः
एनएमबि बैंकको ग्राहकलाई सिजीको उत्पादनमा महाछुट
एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजीटलको उत्पादनहरुको रु. २०,००० को खरिद गरी एनएमबिको कुनै पनि कार्ड बाट पिओएस वा अनलाईनमा भुक्तानी गर्दा रु. २,००० को क्यासब्याक पाइने जानकारी गराईएको छ । यो योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुने जानकारी गराईएको छ ।
अब एनएमबिका ग्राहकले अनलाइन बजार दराजबाट सामान खरिद गर्दा अच्चमको अफर
एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागी नयाँ अफर सार्वननिक गरेको छ । एनएमबि बैंकको ग्राहकले नेपालको अग्रणी अनलाईन दराजबाट समान खरीद गर्दा १०% वा रुं. १,००० सम्म र क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा १५% वा रु. १,५०० सम्म छुट पाउन सक्नुहुनेछ ।
यो योजना चैत्र २८ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुने जानकारी गराईएको छ ।
e-NMB फोन पे स्क्यान टु पे गज्जबको अफर
एनएमबि बैंकको ग्राहक महानुभावहरुले e-NMB एप बाट स्क्यान गरी दैनिक उपभोग्य बस्तुको भुक्तानी गर्दा १०% वा रु.१०० सम्मको क्यास ब्याक पाउनुको साथै हेलीकप्टर चढी सगरमाथा सम्म भ्रमण गर्ने मौका पाउन सकिने जानकारी गराइएको छ ।
उक्त छुट प्राप्त गर्नको लागि ग्राहक महानुभावहरुले आफ्नो e-NMB एप डेबिट कार्ड सक्रिय गरी ई–कमर्स पनि सक्रिय गर्नु पर्नेछ ।
यो योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुने जानकारी गराईएको छ ।
एनएमबिका ग्राहकले अनलाइन बजार सस्तो डिलबाट सामान खरिद गर्दा पहिले भन्दा धेरै सस्तो
एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागी नयाँ अफर सार्वजनिक गरेको छ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागी नयाँ अफर सार्वननिक गरेको छ । एनएमबि बैंकको ग्राहकले नेपालको अग्रणी अनलाईन सस्तो डिलबाट डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा २०% वा रुं. २,००० सम्म छुट पाउन सक्नुहुनेछ ।
यो योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुने जानकारी गराईएको छ ।
एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
प्रतिक्रिया