बैकिङ्ग समाचार ।
शेयर कारोबार सुरु हुनै लाग्दा नेपाल स्टक एक्सचेञ्जले लगानीकर्ता तथा सम्बद्ध पक्षको गुनासो सुनुवाई गर्नका लागि हेल्प डेस्क तथा टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ ।
मंगलबारदेखि शेयर कारोबार खुल्ला हुँदैछ । उक्त समयमा कुनै पनि किसिमका समस्या आएको खण्डमा समाधान गर्नका लागि हेल्प डेस्क स्थापना गरिएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार लगानीकर्ता तथा अन्य सरोकारवालाले नेप्सेको टोल फ्री नम्बर १६६ ०० १२५ ०२५ मा सम्पर्क गर्न सक्ने छन् ।
प्रतिक्रिया