युवापुस्ताको चाहना र समयको माग पुरा गर्न जन्मिएको ‘बुलेट सर्भिस सेन्टर’

युवापुस्ताको चाहना र समयको माग पुरा गर्न जन्मिएको ‘बुलेट सर्भिस सेन्टर’


काठमाडौं – आर्थिक समृद्धिका बहुआयामीक पाटोलाई समेटेर अगाडि बढ्नुपर्ने नेपाल जस्तो देशका लागि ‘स्टार्टअप’ व्यवसाय नयाँ खम्बा बनेको हुन्छ । देशमा एकथरी केही गर्न सकिँदैन भन्ने मानसिकता बोकेर बाहिर गइरहेका छन् भने देशमै केही नयाँ गर्नुपर्छ भन्ने सोच बोकेका अर्काथरी व्यक्ती पाइन्छन् । देशमा नै व्यवसाय गर्ने सोच भएकाहरू यसैको दौडमा छन् ।

परिणामस्वरूप विदेश जानेको भिड देखि पर बसेर थोरै समयमा नै नयाँ सम्भावनाको वृक्षारोपण भइरहेको छ । यस्तै, मध्येको एउटा हो ‘बुलेट सर्भिस सेन्टर’ । ‘बुलेट सर्भिस सेन्टर’को मुख्य उद्देश्य बढ्दो प्रविधिको युगमा युवाहरूको बुलेट बाइकप्रतिको लगावलाई मध्यनजर गर्दै व्यवस्थित सर्भिस गर्ने वा बनाइदिने हो ।

‘यसरी सुरुवात भयो व्यावसायिक यात्रा’

नेपालको  आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बुलेट राइड हुने गरेका तथ्य हामीले सुन्दै आइरहेका छौँ । नेपाल बुलेट हाउसले नेपालका उदीयमान गन्तव्यको ‘टु ह्वीलर राइड’मार्फत दिगो पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुलेट मोटरसाइकल यात्रा आयोजना गर्दै आइरहेको हुन्छ । प्रविधि र आवश्यकताको अनुरूप हरेक सिजनमा बुलेट मोटरसाइकल यात्रा हुँदै आइरहेको छ।

उनी भन्छन्, ‘धेरै युवाहरू केही गर्न सकिँदैन भनेर विदेश गइरहेका छन् । उनीहरूलाई नेपालमा पनि गर्न सकिन्छ भनेर बुझाउन मैले यो व्यवसायको सुरुवात गरेको हो ।’

यस्तै, प्रकृतिसँग आत्मीय सञ्जय महापुरुष पनि बुलेट यात्रामा समावेश हुन् पुगे । समय–समयमा बुलेट राइडिङ्गमा जाँदा उनले भरपर्दो बुलेट सर्भिस सेन्टर पाउन सकेनन् । सबै साथीभाइका गुनासो राम्रोसँग पनि नबनाइदिने बाइक बनाउन जाँदा राम्रो व्यवहार पनि नगर्ने, एकदमै टाढा–टाढा पुग्न पर्ने जस्ता समस्या सबैले भोगिरहेका थिए । सन्जयले आफै बुलेट सर्भिस सेन्टर सञ्चालन गर्ने सोच बनाए र नेपालकै भरपर्दो र चर्चित ‘बुलेट सर्भिस सेन्टर’ स्थापना गरे ।

व्यवसाय सुरुवात गर्नुको मुख्य उद्देश्य विदेशिन नपरोस् भन्ने रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘धेरै युवाहरू केही गर्न सकिँदैन भनेर विदेश गइरहेका छन् । उनीहरूलाई नेपालमा पनि गर्न सकिन्छ भनेर बुझाउन मैले यो व्यवसायको सुरुवात गरेको हो ।’ उनले लुकेर अमेरिका जाँदै गरेको युवाको मृत्यु भएको समाचार सुनेको र यस्तो खबरले भयभीत बनाउने गरेको बताए ।

युवालाई राज्यले बाटो देखाउनुपर्छ

सञ्जयका अनुसार नेपाल पर्यटनमा उच्च सम्भावना बोकेको देश हो । उनले भने ‘हरेक देशको वित्तीय कारोबारमा सुधार ल्याउनु छ भने पर्यटन क्षेत्रमा ध्यान दिनु पहिलो आधार हो ।’ सम्भावना ज्यादा भएकाले सबै जनाले पर्यटन व्यवसायलाई प्राथमिकतामा राख्न पर्ने उनको भनाइ छ ।

उनी भन्छन्, ‘बाध्यता भन्ने या इच्छा भन्ने ठुला ठुला मान्छे भ्रष्टाचारमा छन् । जसका कारण हामी नेपाली पीडित भएका छौँ । नेपालमा अथाह सम्भावना हुँदा पनि सबैले ध्यान नदिएर नै नेपाल पछाडि परेको हो ।’ 

सुटवुट लगाएर सुर्केस् बोकेर बैंक गयो भने ऋण पत्याउँछन्,’ उनले अघि भने, ‘केही नयाँ सुरु गर्न खोज्दा बैंकले युवाहरुलाई विश्वास गर्दैनन् ।’

सरकारले युवाहरूलाई पैसा दिने भन्दा पनि मार्गदर्शन दिनु आवश्यक रहेको उनको बुझाइ छ । उनको आफ्नै अनुभवले पनि यसै भन्छ, ‘धेरै युवाहरू अवसर र मार्गदर्शन नभएर नै विदेशिन बाध्य भएको हो ।’ ती युवालाई सिपमूलक तालिम दिने र काम लगाउने हो भने बाहिरिँदैनथे । ‘समयअनुसारको कलकारखाना खोल्दा रोजगारी सिर्जना हुनसक्ने उनको मनसाय छ’ उनले भने, ‘धेरै युवाहरू रहरले भन्दा पनि बाध्यताले विदेशिएका छन् ।’

सुटेडबुटेडलाई मात्रै पत्याउँछन् बैंक

व्यवसायका लागि बैंक एकदमै महत्त्वपूर्ण छ । तर, सुरुवाती दिनमा व्यवसाय सुरु गर्दा बैंकमा ऋणका लागि पहल गर्दा विश्वास नगरेको तितो याद ताजै छ उनीसँग । सुटबुट लगाएर सुर्केस् बोकेर बैंक गयो भने ऋण पत्याउँछन्,’ उनले अघि भने, ‘केही नयाँ सुरु गर्न खोज्दा बैंकले युवाहरुलाई विश्वास गर्दैनन् ।’

तर, आम्दानी बढ्न थालेपछि भने बैंकहरु कर्जाका लागि तयार देखिएको उनको भनाइ छ । ‘नेपालमा व्यवसायीहरूलाई सहायता एकदमै कम छ,’ उनले भने, ‘जसका कारण पुराना उद्यमीहरुलाई पनि गाह्रो भएको छ र, नयाँ सुरुवात गर्न पनि सहज छैन ।’