काठमाडौं – कालिका लघुवित्त वित्तीय संस्थाले ६ हजार ३८५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले ३ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको साे कित्ता बराबरकाे शेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीका अनुसार मनोज कुमार थापाको स्वामित्वमा रहेको ४ हजार १३१ कित्ता, रमेश तिवारीको १ हजार २५४ कित्ता र मोति प्रसाद पौडेको १ हजार कित्ता शेयर बिक्रीमा राखिएको हो ।
हाल उक्त शेयर संस्थाका संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक खरिदकर्ताले आजका मितिले (भदाै २३ गते देखि असाेज २८ गते) ३५ दिनभित्र आवश्यक कागजातसहित लघुवित्तको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र सो शेयर बिक्री नभए सर्वसाधारणलाई बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।



About Us
प्रतिक्रिया