यो साता सुनको मूल्यमा नयाँ किर्तिमान, चाँदीको घट्यो

यो साता सुनको मूल्यमा नयाँ किर्तिमान, चाँदीको घट्यो


काठमाडौं – यो साता नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा ४०० रुपैयाँले बढेर ऐतिहासिक बिन्दुमा पुगेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ९०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा ४०० रुपैयाँले बढेर १ लाख ५३ हजार ३०० पुगेको हो ।

शुक्रबारको तुलनामा यो साताको आइतबार मूल्य तोलामा ६०० रुपैयाँले घटेको थियो । सोमबार २०० रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँ प्रतितोलामा आइपुगेको थियो । यस्तै मंगलबार, बुधबार र बिहीबार सुनको मूल्य स्थिर रह्यो ।

शुक्रबार १३ सय रुपैयाँले बढेर ऐतिहासिक बिन्दुमा पुगेको हो । यसअघि नेपाली बजारमा सुनको मूल्य यो बिन्दुमा पुगेको थिएन । यो साता चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ ।

गत साताको शुक्रबार तोलामा १८ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार १७ सय ९५ रुपैयाँमा आइपुगेको छ ।