काठमाडौं – धुलिखेलको काठमाडौं युनिभर्सिटी (केयू)मा चिनियाँ सवारी कम्पनी वीवाईडीको चार्जिङ स्टेसन स्थापना भएको छ । कम्पनीले देशव्यापीरुमा आफ्नो सञ्जाल विस्तारगर्नेक्रममा केयूको प्राङ्गनमा वीवाईडीको चार्जिङ स्टेसन स्थापना गरेको हो ।
केयूले दिएको जानकारीअनुसार यो चार्जिङ स्टेसनको उद्घाटन केयूका भाइस चान्सलर तथा प्रोफेसर डा. भोला थापा र वीवाईडी एसिया प्यासिफकिको महाप्रबन्धक लिउ छुएलिङले गरे । यससँगै वीवाईडी र केयूबीचको सम्बन्धमा नयाँ इट्टा थपिएको केयूले जानकारी दिएको छ ।
चार्जिङ स्टेसन स्थापना भएपछि रिन्यूएबल इनर्जीको प्रोत्साहन हुनुका साथै फोसिल्स फ्यूलको प्रयोग निरुत्साहित बन्ने केयूले जनाएको छ । चार्जिङ स्टेसन स्थापनापछि महाप्रबन्धक लिउले वीवाईडीले अटोमोबाइल क्षेत्रमा नै क्रान्ती ल्याएको बताए ।
प्रतिक्रिया